News
दोस्रो कोहलपुर गोल्डकपका लागि एन्फाको स्वीकृति (पत्रसहित)
काठमाडौं । कोहलपुर रेसिङ्ग सहारा क्लब, बाँकेको आयोजनामा हुने दोस्रो कोहलपुर गोल्डकप नकआउट फुटबल प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृतिसँगै आयोजना मिति तोकेको छ ।
एन्फाले दोस्रो कोहलपुर गोल्डकप आयोजनाका लागि आयोजकलाई असोज २६ गतेदेखि मिति उपलब्धतासँगै स्वीकृति दिएको हो । साथै एन्फाले प्रतियोगिता सञ्चालनका लागि प्राविधिक जनशक्ति एन्फाबाट मनोनयन गराई सञ्चालन गर्न समेत पत्रमा उल्लेख गरेको छ ।
त्यस्तै प्रतियोगिता नियमावली र खेलतालिका १५ दिन अघि एन्फामा पेश गर्नुपर्ने बताइएको छ । साथै प्रतियोगिता सम्पन्न भएको सात दिनभित्र प्रतिवेदन बुझाउन पनि एन्फाले आयोजकलाई निर्देशन दिएको छ ।

Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै