काठमाडौँ । यहाँ जारी प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि भिडन्त वडा नं १३ र वडा नं १४ बीच हुने भएको छ । लैनचौर फुटसल मैदानमा मङ्गलबार भएको पहिलो सेमिफाइनलमा खेलमा वडा नं १४ ले वडा नं ४ लाई १–० ले हरायो ।
सो खेलमा आरोन खड्काले निर्णायक गोल गरे । आरोन नै म्यान अफ दि म्याच घोषित भए । अर्को सेमिफाइनलमा वडा नं १३ ले वडा नं २६ लाई २–० ले पराजित गर्यो । सो खेलमा दुवै गोल वडा १३ क आसिस कपालीले गरे । आसिस नै म्यान अफ दि म्याच चुनिए ।
फाइनल खेल बुधबार बिहान १० बजे हुनेछ । नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न