नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको आयोजनामा अन्तर बैंक फुटसल टुर्नामेन्ट-२०८० मा ३७ पुरुष टिम र २० महिला टिम सहभागी हुने भएको छन् ।
काठमाडौँको धनयन्तरी फुटसल हव, हाडीगाँउमा आयोजना हुने उक्त टुर्नामेन्ट बैंक तथा वित्तीय संस्थाका ३७ पुरुष टिम र २० महिला टिम सहभागी नेपाल राष्ट्र बैंक कर्मचारी संघ ले जनाएको छ ।
'सबल संस्थाको लागि स्वस्थ कर्मचारी, स्वस्थ कर्मचारीको लागि खेलकुद' भन्ने मूल नाराका साथ आयोजना हुने टुर्नामेन्ट मुख्य प्रायोजन राष्ट्रिय बाणिज्य बैंकले गरेको छ भने सह प्रायोजक क्रमशः माछापुच्छ्रे बैंक लि., लक्ष्मी सनराईज बैंक लि., ग्लोबल आईएमई बैंक लि., एनआईसी एसीया बैंक लि., नविल बैंक लि., प्रभु बैंक लि., हिमालयन बैंक लि., मुक्तिनाथ विकास बैंक लि. र आई.सि.एफ.सी. फाइनान्स लि.ले गरेका छन् । उक्त टुर्नामेण्टको लागि ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले मेडिकल सपोर्ट उपलब्ध गराउने भएको छ ।
संविधान दिवस २०८० को अवसरमा आयोजित टुर्नामेण्ट असोज ३ देखि ६ गते सम्म संचालन हुने छ भने टुर्नामेण्टको क्वार्टर फाईनलदेखिका खेलहरु गोल नेपाल डट कम बाट प्रत्यक्ष प्रसारण गरिने छ ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि