News
केपिलासगढी बाक्सिला रनिङ गोल्डकप फागुन २२ देखि

खोटाङ । ११औं केपिलासगढी बाक्सिला रनिङ गोल्डकप नकआउट फुटबल प्रतियोगिता यहि फागुन २२ गतेदेखि खोटाङमा शुरु हुँदैछ ।
बाक्सिला फुटबल क्लबको आयोजनामा हुन गईरहेको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा खाराम्बु स्पोर्टस् क्लब र खोटाङ भगवती स्पोर्टस क्लब भिड्नेछन् ।
केपिलासगढी गाउँपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,११,००० हात पार्नेछ भने उपविजेताले ९९,९११ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल भने यहि फागुन २५ गतेका दिन हुनेछ ।
Post Comments