फुङलिङ । गत भदौमा सम्पन्न भएको प्रतिष्ठित ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजनाबाट २३ लाख बढी रकम बचत भएको आयोजक लाखेजात्रा संचालन समिति, ताप्लेजुङले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
आयोजकका अनुसार प्रतियोगिता आयोजनाबाट २३,३७,६४८ रुपैयाँ बचत भएको जानकारी गराइयो । प्रतियोगिता आयोजनाबाट कुल खर्च भने ४९,८७,१३७ रुपैयाँ रहेको आयोजक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले बताए ।
प्रतियोगिताको टिकट बिक्रीबाटै कुल १८,७६,६०० रुपैयाँ संकलन भएको पनि कोषाध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिता आयोजनाबाट जम्मा कुल ७३,२४,७८५ रुपैयाँ उठेको आयोजक समिति कै अध्यक्ष देवराज गुरुङले बताए ।
स्मरण रहोस, गत भदौ १४ देखि २० गतेसम्म फुङलिङ खेलमैदानमा भएको ताप्लेजुङ गोल्डकपको उपाधि रेड हर्ष क्लब, इलामले जितेको थियो । फाइनलमा रेड हर्षले जुट विकास फुटबल एकेडेमी, सुनसरीलाई हराउँदै उपाधि जित्न सफल भएको थियो ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई