News
ललितपुरका मार्की खेलाडी बने अनन्त
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी फुटबल क्लबले नेपालका स्टार डिफेन्डर अनन्त तामाङलाई आफ्नो मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको छ । गत संस्करण अनन्त एफसी चितवनमा अनुवन्धित थिए ।
यद्यपि त्यतिबेला नै उनी इष्ट बंगालका लागि इण्डियन सुपर लिग खेल्न भारततर्फ प्रस्थान गरेका थिए । त्यस्तै गत संस्करण ललितपुरको मार्की खेलाडीमा अन्जन बिष्ट थिए । अन्जन भने यसपटक नव आगन्तुक टोली झापा एफसीको मार्की खेलाडीका रुपमा अनुवन्धित भईसकेका छन् ।
नेपाल सुपर लिगको खेलाडी लिलामी यही असोज १९ गतेका दिन हुँदैछ । प्रतियोगिता भने आउँदो मंसिर ८ गतेदेखि शुरु हुने आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा।लि।ले यसअघि नै घोषणा गरिसकेको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न