News
जनपथ बडा दशैं कपको तयारी पूरा (खेलतालिकासहित)

बिराटनगर । जनपथ फुटबल एकेडेमी, बिराटनगरको आयोजनामा यही असोज १५ देखि शुरु हुन गईरहेको जनपथ बडा दशैं कप मिनी पोष्ट खुल्ला नकाउट फुटबल प्रतियोगिताको तयारी पूरासँगै खेलतालिका पनि सार्वजनिक भएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार, मेडल र प्रमाण पत्र हात पार्नेछ भने उपविजेताले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल १६ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल भने असोज २२ गतेका दिन हुनेछ ।
Post Comments
Related News