News
द राईजिङ र दुधे क्वाटरफाइनलमा
झिलझिले । सहज जितका साथ द राईजिङ क्लब र दुधे फुटबल क्लब यहाँ जारी प्रथम बोका जुनियर कप नकआउट फुटबल प्रतियोगिताको कवाटरफाइनलमा प्रवेश गरेका छन् ।
शिवसताक्षी–८, झिलझिले स्थित स्थानीय खेलमैदानमा भएको दिनको पहिलो खेलमा द राईजिङले डुडामारी एफसीलाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो ।
त्यस्तै दोस्रो खेलमा दुधेले भाङबारी स्र्पोटिङ क्लबलाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्न सफल भयो ।
बोका जुनियर फुटबल क्लब, शिवसताक्षी नगरपालिका–८, झिलझिले, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २० गतेका दिन हुनेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा