News
बुटवल लुम्बिनीका 'आइकोनिक' खेलाडी आशिष
काठमाडौं । पछिल्लो समय अष्ट्रेलियालाई कर्मथलो बनाएर विदेश पलायन भएका नेपालका अन्तर्राष्ट्रिय खेलाडी आशिष लामा फेरि नेपालको घरेलु फुटबलमा फर्किने पक्का भएको छ ।
आउँदो मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको दोस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि आशिष नेपाल फर्किन लागोका हुन् । आशिषलाई बुटवल लुम्बिनी फुटबल क्लबले आफ्नो आइकोनिक खेलाडीका रुपमा अनुबन्ध गरेसँगै आशिषको नेपाली फुटबलमा फर्किने पक्का भएको हो ।
क्लबले उनको अनुवन्धबारे आफ्नो सामाजिक सञ्जालमार्फत पनि आधिकारिक रुपमा पुष्टी गरेको छ । स्मरण रहोस, आशिषले एनएसएलको पहिलो संस्करण पनि बुटवल लुम्बिनी कै लागि खेलेका थिए । अष्ट्रेलियामा भने उनले यति एफसीका लागि खेल्दै आएका छन् ।
बुटवल लुम्बिनीको मार्की खेलाडीमा एरिक बिष्ट रहेका छन् । क्लबको मुख्य प्रशिक्षकमा भने विजय महर्जन रहेका छन् ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)