News
एमएफसी उपाधि नजिक

झिलझिले । सहज जितका साथ एमएफसी युथ क्लब यहाँ जारी प्रथम बोका जुनियर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एमएफसीले श्रीजंगा युवा समाजलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
प्रतियोगिता अन्तरगत असोज १८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल दुधे एफसी र केएनके स्र्पोटिङ क्लबबीच हुने आयोजकले जानकारी दियो ।
बोका जुनियर फुटबल क्लब, शिवसताक्षी नगरपालिका–८, झिलझिले, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २० गतेका दिन हुनेछ ।
Post Comments