News दुधेलाई बोका जुनियर कपको उपाधि
गोलनेपाल

झिलझिले । सहज जितका साथ प्रथम बोका जुनियर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि दुधे फुटबल क्लबले जितेको छ ।

शिवसताक्षी–८, झिलझिले स्थित स्थानीय खेलमैदानमा भएको उपाधि भिडन्तमा दुधेले एमएफसीलाई ३–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

विजेता बनेको दुधेले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता एमएफसीले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

बोका जुनियर फुटबल क्लब, शिवसताक्षी–८, झिलझिले, झापाको आयोजनामा असोज १५ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments