News
विश्वकप छनौटः अन्जनको गोलले जोगियो नेपाल
काठमाडौं । फिफा विश्वकप २०२६ को एसियाली छनोटतर्फ प्रारम्भिक चरणको पहिलो लेगको खेलमा नेपाल सम्भावित हारबाट जोगिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेल्यो ।
खेलको ३२औं मिनटमा हजारौं नेपाली घरेलु समर्थकहरुलाई स्तब्ध पार्दै लाओसका लागि बुनफचन बुनकोङले सनसनीपूर्ण गोल गरेका थिए । पहिलो हाफसम्म लाओसले त्यही १–० गोलको अग्रता कायम पनि राख्यो ।
तर दोस्रो हाफ शुरु भए लगतै नेपालले गोल फर्काएको थियो । ४७औं मिनटमा अन्जन बिष्टले नेपालका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । अन्तर्राष्ट्रिय फुटबलमा अन्जनको यो १३औं गोल समेत थियो ।
नेपालले अब दोस्रो लेगतर्फ १७ अक्टुबरका दिन लाओससँग उसकै घरेलु मैदानमा निर्णायक खेल खेल्नेछ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान