बुटवल । स्व. गंगा कुमारी मल्ल स्मृति आदर्श कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक आदर्श युवा क्लब, बुटवल–१५, उजेलापुरले जितेको छ ।
फाइनलमा ह्वाईट लोटस क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै आयोजक च्याम्पियन बनेको हो । बुटवल–१५, उजेलापुर स्थित आयोजक क्लबकै खेलमैदानमा भएको फाइनल भिडन्तमा आयोजकका लागि हिमाल थापा र आयुष गुरुङले गोल गरे ।
विजेता बनेको आदर्शले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता ह्वाईट लोटसले २३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ फाइनल खेलको म्यान अफ द म्याच आयोजक आदर्शका निर बहादुर थापा चुनिए । उत्कृष्ट गोलरक्षक पनि आयोजक कै अमानत शेख बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार ह्वाईट लोटसका प्रवेश गुरुङले हात पारे । सर्वोत्कृष्ट खेलाडी भने आयोजक आदर्श कै सुमित मल्लाह चुनिए ।
विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, विशिष्ठ अतिथी प्रविण मल्ल, आयोजक क्लबका अध्यक्षम मनिष काफ्ले लगायतले पुरस्कृत गरेका थिए ।
आदर्श युवा क्लब, बुटवल–१५, उजेलापुर, रुपन्देहीको आयोजना तथा स्व. गंगा कुमारी मल्लको स्मृतिको उनको परिवारबाट मुख्य प्रायोजित प्रतियोगितामा कुल २४ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक सुजन ठकुरीले जानकारी दिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने