काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा रहेको नवआगन्तुक टोली झापा फुटबल क्लबले उज्वेकिस्तानका अनुभवी डिफेन्डर समदर ओचिलोवलाई क्लबमा अनुवन्ध गरेको छ ।
झापाले ओचिलोवलाई अनुवन्ध गरेको कुरा आफ्नो सामाजिक सञ्जालमार्फत समेत जानकारी गराएको छ । व्यवसायीक फुटबल खेल्ने क्रममा कजाखस्तान, ताजिकिस्तान, उज्वेकिस्तान र भारतीय क्लब फुटबलको अनुभव बटुर्लिसकेका ओचिलोवको आगमनले स्क्वाड थप बलियो बन्ने विश्वास क्लबले लिएको छ ।
स्मरणीय छ, झापाको मार्की खेलाडीमा अन्जन बिष्ट छन् । साथै गत सिजन अन्जनले मुम्बई केन्क्रेका लागि आई लिग खेल्दा ओचिलोव अन्जन कै क्लब टिममेट पनि थिए । झापाको मुख्य प्रशिक्षकमा भने स्पेनका ओरिओल मोहेडानो छन् ।
यसपटक नेपाल सुपर लिगमा आफ्नो बलियो दावेदारिता पेश गर्ने लक्ष्यका साथ स्क्वाड तयार पारिरहेको झापाले केही दिन अघि मात्रै सर्बियन गोलरक्षक स्टेफन कुपिजलाई अनुवन्ध गरेको थियो ।
नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार मिडफिल्डर लाकेन लिम्बु पनि झापा मै आवछ छन् । नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)