
पैयुँ । प्रथम पैयुँ गोल्डकप यु–१६ नकआउट फुटबल प्रतियोगिताको फाइनलमा एपिएफ स्कुल, काठमाडौं र आदर्श फुटबल क्लब, बागलुङ भिड्ने भएका छन् ।
पैयुँ गाउँपालिका–४, पर्वत स्थित स्थानीय खेलमैदानमा भएको पहिलो सेमिफाइनलतर्फ एपिएफले बयरघारी फुटबल क्लबलाई टाईब्रेकरमा ३–२ ले हराउँदै फाइनल स्थान पक्का गर्यो । विपक्षी विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका एपिएफका गोलरक्षक विशेष बानियाँ म्यान अफ द म्याच चुनिए ।
त्यस्तै दोस्रो सेमिफाइनलमा आदर्शले अनुशासित ब्वाईज क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनल प्रवेश गर्न सफल भयो । खेलमा आदर्शका उजन तामाङ म्यान अफ द म्याच घोषित भए ।
फाइनल खेल एपिएफ स्कुल, काठमाडौं र आदर्श फुटबल क्लब, बागलुङबीच कार्तिक २५ गते शनिबारका दिन हुने आयोजकले जानकारी दियो ।
मर्दिखोला युनाइटेड क्लब, पैयुँ गाउँपालिका–४, पर्वतको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।