News
सुपर लिग खेल्न आएका दिनेश पक्राउ
काठमाडौं । पछिल्लो समय अष्ट्रेलिया बस्दै आएका राष्ट्रिय खेलाडी दिनेश राजवंशी दोस्रो नेपाल सुपर लिग खेल्न नेपाल फर्किएको बेला पक्राउ परेका छन् । दरबार मार्गको प्रहरी वृत्तले दिनेशसहित अन्य तीन जनालाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरेको हो ।
साथै दिनेशसहित पक्राउ परेका अन्य तीन जनामाथि थप अनुसन्धानका लागि सात दिनको म्याद समेत लिइएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपस्थित गराएर थप अनुसन्धानका लागि म्याद लिइएको हो ।
स्मरण रहोस, आउँदो मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको दोस्रो नेपाल सुपर लिग खेल्न नेपाल फर्किएका दिनेश पोखरा थन्डर्सको आइकोनिक खेलाडीका रुपमा अनुवन्ध भएका थिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै