काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य तथा युवा मिडफिल्डर लाकेन लिम्बुले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनौट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा मंगलबार यमन विरुद्धको खेल गुमाउने भएका छन् ।
स्मरण रहोस, छनौट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा युएई विरुद्ध खेल्ने क्रममा लाकेन चोटिल बन्दै मैदान बाहिरिएका थिए । उनको खुट्टामा चोट लागेपछि लाकेन करिब दुई साता मैदान बाहिर रहने अनुमान गरिएको छ ।
मध्यपंक्तिमा लाकेनको उपस्थिति सधै ठोस रहँदै आएकोमा यमन विरुद्ध नेपाली टोलीमा उनको कमी देखिने निश्चित छ । त्यति मात्र नभएर लाकेनले यही मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको दोस्रो नेपाल सुपर लिगको केही खेलहरु पनि गुमाउने सम्भावना देखिएको छ ।
स्मरणीय छ, लाकेनलाई सुपर लिगको नयाँ सिजन कै लागि भने नव आगन्तुक टोली झापा फुटबल क्लबले अनुवन्ध गरिसकेको छ । यद्यपि लिगको शुरुवाती केही खेलहरुमा लाकेन उपलब्ध हुन नसक्ने निश्चित प्रायः देखिएको छ ।
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)