काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तरगत नेपालले खेल्न गईरहेको समूह चरणको आफ्नो पहिलो घरेलु खेल अन्तरगत यमन विरुद्धको खेल एनटिभी प्लसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
नेपाल र यमन बीच हुने खेलको प्रत्यक्ष प्रसारणबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार मात्रै आधिकारिक रुपमा समेत जानकारी गराएको छ ।
छनौट प्रतियोगिता अन्तरगत युएई, बहराईन र यमनसँगै समूह एचमा परेको नेपालले यही मंसिर ५ गते मंगलबारका दिन यमनसँग पहिलो घरेलु म्याच खेल्दैछ । दशरथ रंगशालमा हुने उक्त खेल नेपाली समयअनुसार बेलुका ७ बजेदेखि शुरु हुनेछ ।
त्यस्तै नेपाल र यमन बीच मंगलबार हुने खेलको टिकट मुल्य सामान्यतर्फ ४०० र विशिष्टतर्फ १००० तोकिएको छ । साथै दर्शकहरुले खेल हुने दिन मै बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म दशरथ रंगशाला मै टिकट खरिद गर्न सकिने पनि एन्फाले जनाएको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)