News
नेपाल र यमन बीचको खेलमा दर्शकहरुलाई १५ निःशुल्क बस सेवा (बस रुटसहित)
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत नेपालले मंगलबार बेलुका ७ बजेदेखि दशरथ रंगशालामा पहिलो घरेलु म्याचका रुपमा यमनको सामना गर्दैछ ।
यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त खेल पश्चात दर्शकहरुलाई घर फर्कन १५ निःशुल्क बस सेवाहरु उपलब्ध गराउने भएको छ । यद्यपि निःशुल्क बस यात्राका लागि दर्शकहरुले खेल हेर्न खरिद गरेको टिकटको अर्धकट्टी अनिवार्य देखाउनु पर्ने एन्फाले जनाएको छ ।
नेपाल र यमन बीच हुने खेलको टिकट मुल्य सामान्यतर्फ ४०० र विशिष्टतर्फ १००० तोकिएको छ । साथै दर्शकहरुले टिकट दशरथ रंगशालामा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खरिद गर्न सकिने पनि एन्फाले जानकारी दियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)