News
प्रथम जिपान एफसी खुला फुटसल हुने
काठमाडौं । गुरुङ्ग प्लेयर एसोसिएशन अफ नेपाल प्रा.लि. को आयोजनामा आउँदो पुष ११ र १२ गतेका दिन प्रथम जिपान एफसी खुला फुटसल प्रतियोगिता हुने भएको छ ।
कपन स्थित ग्रीनविच फुटसलमा हुने प्रतियोगिताको आवश्यक तयारीसँगै पुष ७ गतेसम्म टिमदर्ता पनि खुला गरिएको आयोजकले जानकारी दियो । साथै टिमदर्ता शुल्क ४००० र डिपोजिट वापत १००० बुझाउनु पर्ने पनि आयोजकले जनाएको छ ।
दुई दिने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै