
हेटौडा । रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर र शहिद स्मृति क्लब यहाँ जारी स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पिप्ले क्याम्पा रंगशालामा शनिबार भएको दोस्रो क्वाटरफाइनलतर्फ एन्फा मकवानपुरले न्यू डाँफे युथ क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
एन्फा मकवानपुरका लागि प्रितम स्याङ्बोले दुई गोल गरे भने अनिश महर्जनले थप एक गोल गरे । खेलमा एन्फा मकवानपुरका प्रितम स्याङ्बो म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै शनिबार नै भएको तेस्रो क्वाटरफाइनलतर्फ शहिद स्मृतिले हिल्ली फिल्डर्स गोरर्खा एफसीलाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलमा शहिद स्मृतिका सरोज भ्लोन म्यान अफ द म्याच घोषित भए । आयोजकका अनुसार मंसिर १० गते आइतबार प्रतियोगिताको अन्तिम तथा चौथो क्वाटरफाइनल खेल हुनेछ ।
एफसी मुण्डियाल, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल मंसिर १३ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा