झापा । पुर्वेली युथ क्लब बिर्तामोड यहाँ जारी वाइ वाइ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलमा पुर्वेलीले मेच नेत्रालय काकरभिट्टालाई २–१ गोलअन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
खेलको तेस्रो मिनेटमै पुर्वेलीका लागि बिनोद मेचेले पहिलो गोल गरेका थिए भने खेलको २५औँ मिनेट बालकृष्ण राईले दोस्रो गोल गरेका थिए । उता खेलको ४१औँ मिनेटमा मेचि नेत्रालय काकरभिट्टाका पर्शु राईले रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
विपक्षी टोली एक खेलाडी कममा सिमित हुँदा पनि पुर्वेलीले त्यसको फाईदा उठान सकेन । बरु खेलको ५८औँ मिनेटमा ्पुर्वेलीले गोल खान पुगेको थियो । काकरभिट्टाका लागि दिनेश मुर्मुले एक गोल गरे तर टोलीको हार भने टार्न सकेनन् ।
खेलको म्यान अफ द म्याच पुर्वेली युथ क्लब बिर्तामोडका राज कुमार लिम्बु घोषित भए । प्रतियोगिता अन्तरगत सोमबारको खेल आयोजक सृजनशिल युवा समाज र न्यु स्टार खोपबाडी बीच हुनेछ ।
जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैँया र उप–विजेताले नगद ३० हजार रुपैँया सहित ट्रफी, प्रमाण–पत्र प्राप्त गर्ने आयोजक समितिका उपाध्यक्ष टेकेन भट्टराईले बताएका छन् ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा