News
पोखरा र ललितपुरको बराबरी
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ बुधबार भएको पोखरा थन्डर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीचको खेल बराबरीमा टुंगिएको छ ।
दशरथ रंगशालामा भएको एक मात्र खेलमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । स्मरणीय छ, पहिलो खेलमा पोखराले चितवनलाई हराएको थियो भने ललितपुरले बुटवल लुम्बिनीलाई पराजित गरेको थियो ।
खेलमा पोखरा थन्डर्सका आयुष घलान म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत मंसिर १४ गते बिहीबारको खेल धनगढी फुटबल क्लब र बुटवल लुम्बिनी एफसीबीच हुनेछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न