News
आयोजक सृजनशिल सेमिफाइनलमा
झापा । आयोजक सृजनशिल युवा समाज जारी वाइ वाइ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्ना स्थित गणेश माविको खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा आयोजक सृजनशिलले न्यु स्टार खोपबाडीलाई ४–२ गोलअन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

आयोजकको जितमा राजेश श्रेष्ठ र बबिन बोहराले समान २–२ गोल गरे । उता पराजित न्यु स्टारका लागि विश्वास लावती र सुजन बयलकोटीले एक–एक गोल गरे ।
खेलमा आयोजक सृजनशिलका राजेश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैँया र उप–विजेताले नगद ३० हजार रुपैँया सहित ट्रफी, प्रमाण–पत्र प्राप्त गर्ने आयोजक समितिका उपाध्यक्ष टेकेन भट्टराईले बताएका छन् ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा