News
एनएसएल? लगातार दोस्रो जितको योजनामा इलाम, पहिलो जितको खोजीमा बुटवल
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ आइतबार स्र्पोटिङ इलाम फुटबल क्लब र बुटवल लुम्बिनी फुटबल क्लब भिड्दै गर्दा इलाम लगातार दोस्रो जितको योजनामा हुनेछ भने बुटवल पहिलो जितको खोजीमा ।
गत साता झापालाई हराएर उत्साहित बनेको इलाम आज सोही प्रदर्शनलाई बुटवल विरुद्ध दोहोर्याउने योजनासहित मैदानमा उत्रिनेछ । उता लगातार दुई खेलमा हार बेहोरेको बुटवल भने लिगमा पहिलो अंक जोड्ने प्रयासमा हुनेछ । यद्यपि दुवै टोलीको लक्ष्य भने निश्चित जित नै रहनेछ ।
खेल दशरथ रंगशालामा साँझा ५ः३० बजेदेखि शुरु हुनेछ । दर्शकहरुले आईएमई–पे मार्फत अनलाईन वा रंगशाला मै उपस्थित भएर टिकट खरिद गर्न सक्ने छन् । टिकट मुल्य सामान्यतर्फ २०० र विशिष्टतर्फ ५०० तोकिएको छ ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि