News
पाँचथर: हिमालयन शेर्पा र ताप्लेजुङ भिड्दै
फिदिम । फिदिममा जारी ‘प्रथम वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित किरात गोल्डकप फुटबल प्रतियोगिता’ अन्तर्गत आज अन्तिम क्वाटरफाइनलमा ‘ए’ डिभिजन क्लब हिमालय शेर्पा र छिमेकी जिल्ला ताप्लेजुङको कणर्सिं सोनाम स्मृति क्लब प्रतिस्पर्धा गर्दैछन् ।
यसअघि आयोजक पाँचथर एफसी, बिर्तामोड युनाइटेड झापा र डाँगीहाट एफसी मोरङ किरात गोल्डकपको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
फिदिम माविको खेल मैदानमा हुने खेलमा शेर्पा र ताप्लेजुङबीचको खेल प्रतिप्रर्धात्मक हुने अनुमान गरिएको छ । प्रतियोगिता दिनको २ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा विजेता हुने टिमले चार लाख चार हजार ४४४ रुपैयाँ र दोस्रो हुनेले दुई लाख दूई हजार २२२ रुपैँया प्राप्त गर्नेछन् ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश