News
किरात गोल्डकपमा आज आयोजक र मोरङ भिड्दै
पाँचथर । फिदिममा जारी प्रथम किरात गोल्डकपको पहिलो सेमिफाइनलमा आयोजक पाँचथर एफसीले मोरङको डाँगीहाट एफसीको सामना गर्दैछ ।
आज फिदिम माविको मैदानमा दिउँसो ३ बजे गोल्डकपको फाइनल प्रवेशका लागि दुवै टोलीले प्रतिस्पर्धा गर्दैछन् । आयोजकले तेह्रथुमको मितेरी एफसीलाई २-० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
तनावग्रस्त खेलमा दोस्रो हाफको १३औँ मिनेटमा आयोजकका शुकराज राईले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, खेलको इन्जुरी समयमा पाएको फ्रिकिकमार्फत विशाल भण्डारीले थप गोल गरेपछि आयोजकको अग्रता दोब्बर भएको थियो ।
यसैगरी, मोरङले पाहुना टोली भारत दार्जीलिङको युनाइटेड एफसीलाई ६-३ गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो ।
आजको विजेता टोली फाइनल पुग्दै कम्तिमा २ लाख २ हजार २२२ रुपैयाँ सुरक्षित गर्नेछ । गोल्डकपको विजेता टोलीले नगद ४ लाख ४ हजार ४४४ र ट्रफी पाउने छ ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश