News
सी डिभिजन लिग फागुनमा हुने तय
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक सी डिभिजन लिग आउँदो फागुन १५ गतेदेखि आयोजना गर्ने घोषणा गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको सी डिभिजन क्लबका प्रतिनिधीहरुसँगको बैठक र छलफल पश्चात लिगको मिति घोषणा गरिएको हो ।
एन्फाका अनुसार आउँदो सी डिभिजन लिग सिंगल राउण्ड रोबिनका आधारमा हुने पनि बैठक पश्चात जानकारी गराइयो । साथै एन्फा र सी डिभिजन क्लबहरु बीच लिग आयोजनासँगै क्लब लाइसेन्सिङबारे पनि सहमति भएको छ ।
बैठकमा सी डिभिजन क्लबका प्रतिनिधिहरुसँगै एन्फाका महासचिव किरन राई, कोषाध्यक्ष रबिन्द्र जोशी, कार्यसमिति सदस्य पुरुषोत्तम थापा र एन्फा प्रवक्ता सुरेश साह लगायतको पन िउपस्थिति रहेको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)