News
झापा भर्सेज बिरगंजः दुवै टोलीलाई पहिलो जित कै खाँचो
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ शुक्रबार हुने एक मात्र खेलमा दुई नवप्रवेशी टोली झापा फुटबल क्लब र बिरगंज युनाइटेड फुटबल क्लब भिड्दै छन् ।
दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुने खेलमा झापा र बिरगंज दुवै पहिलो जितको योजना र प्रयासमा हुने छन् । तीन खेल खेलिसकेका पुछारका यी दुवै टोलीले अहिलेसम्म जित हात पार्न सकेका छ्रनन् । दुई अंकका साथ झापा लिगतालिकाको आठौं स्थानमा रहँदा १ अंक जोडेको बिरगंज भने पुछारमा संघर्षरत छ ।
प्ले अफमा आफ्नो सम्भावना कायम राख्न यी दुवै टोलीलाई जितको खाँचो छ । त्यसैले पनि आजको खेलमा झापा र बिरगंज निश्चित जित र तीन अंकका लागि खेल्ने छन् । र, दुवै टोलीको भिडन्त प्रतिस्पर्धात्मक पनि हुने अपेक्षा गरिएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै