News
ललितपुर रोकियो, झापाको सम्भावना कायमै
काठमाडौं । दोस्रो नेपाल सुपरा लिग (एनएसएल) तर्फ शिर्षताको होडमा रहेको लतिलपुर सिटीले शिर्ष चारका लागि संघर्ष गरिरहेको झापा फुटबल क्लबसँग बराबरी खेलेको छ ।
शुक्रबार दशरथ रंगशालामा भएको एक मात्र खेलमा ललितपुरले झापासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलमा दुवैतर्फबाट गोलको प्रयास भए पनि सम्भव भने हुन सकेन ।
खेलमा ललितपुरका युवा डिफेन्डर सनिष श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।
यो नतिजापछि ६ खेलबाट १० अंक जोडेको ललितपुर लिगतालिकाको दोस्रो स्थानमा छ र लिगलिडर धनगढी भन्दा एक अंकले पछाडी छ । उता झापा भने ७ अंकका साथ पाँचौं स्थानमा उक्लेको छ र शिर्ष चारको सम्भावनालाई कायम राखेको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)