
हेटौडा । प्रभावशाली जितका साथ मकवानपुर जिल्ला लिग छनौट प्रतियोगिताको उपाधि बकैया युथ क्लबले जितेको छ । फाइनलमा पञ्चशिल युवा क्लबलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै बकैया च्याम्पियन बनेको हो ।
पिप्ले क्याम्पा रंगशालामा भएको उपाधि भिडन्तमा बकैयाका लागि अभिषेक भ्लोनले दुई गोल गरे । त्यस्तै छेवाङ लामा र सुजन गुरुङले थप एक–एक गोल गरेका थिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक बकैयाका सरोज भ्लोन घोषित भए भने उत्कृष्ट डिफेन्डर बकैया कै तारा नेगी चुनिए । उत्कृष्ट मिडफिल्डर पञ्चशिलका शुभराज गोले बन्दा उत्कृष्ट फरवार्ड बकैयाका अभिषेक भ्लोन घोषित भए । उत्कृष्ट प्रशिक्षक पनि बकैया कै कृष्ण लो बने ।
फाइनल पुगेका बकैया र पञ्चशिल दुवैले मकवानपुर जिल्ला लिग खेल्ने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथी बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा नारायणी कलेजको मुख्य प्रायोजनमा सम्पन्न भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा