फुङलिङ । बुधबारदेखि शुरु भएको प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा चक्रघट्टी फुटबल क्लब, सुनसरीले विजयी शुरुवात गरेको छ ।
भानुजन माविको खेलमैदानमा भएको उद्घाटन खेलमा चक्रघट्टीले आयोजक कञ्चनजंघा फङलिङ क्लब, ताप्लेजुङलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । चक्रघट्टीको जितमा दुवै गोल आकाश राईले गरे । उता पराजित कञ्चनजंघाका लागि अनुप सेन्दाङले गोल फर्काएका थिए ।
खेलमा चक्रघट्टीका आकाश राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे । यो जितसँगै चक्रघट्टी सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत पुस ५ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल पाँचथर फुटबल क्लब, पाँचथर र जलथल फुटबल क्लब, झापाबीच हुनेछ । त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी फुङलिङ नगरपालिका, ताप्लेजुङका नगर प्रमुख अमिर मादेनले गरेका थिए ।
चासोक तङनाम पर्वको अवसर पारी कञ्चनजंघा फुङलिङ क्लब, फुङलिङ–४, ताप्लेजुङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २ सय ८० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ प्राप्त गर्ने खेल संयोजक चन्द्र थेबेले बताए । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पुस ११ गतेका दिन हुनेछ ।



- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि