News
कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुँदै
काठमाडौं । कुसुन्ती युथ क्लब र वार्ड स्तरीय युथ क्लब, ललितपुरको आयोजनामा यही पुस २४ देखि २८ गतेसम्म प्रथम कुसुन्ती मेयर कप एट ए साईड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।
जावलाखेल फुटबल मैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुको उमेर ४० वर्ष माथि हुनुपर्ने पनि आयोजकले जानकारी दियो ।
ललितपुर महानगरपालिकाको विशेष सहयोग रहने प्रतियोगिताको विजेता, उपविजेता टोलीसँगै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै