काठमाडौं । आउँदो साफ यु–१९ महिला च्याम्पियनसिपलाई लक्षित गरी नेपाल यु–१९ महिला फुटबल टोलीको टिम व्यवस्थापकमा इन्दु दुवाल नियुक्त भएकी छिन् । अखिल नेपाल फुटबल संघ (एनफा) का महासचिव किरन राईले दुवाललाई नियुक्तीपत्र हस्तान्तरण समेत गरेका छन् ।
स्मरण रहोस, नेपाली राष्ट्रिय यु–१९ महिला फुटबल टोली हाल बन्द प्रशिक्षणमा व्यस्त छ । यद्यपि टोलीको फाइनल स्क्वाड घोषणा हुन भने बाँकी नै छ । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल साहुखल छन् । साहुखल कै नेतृत्वमा नेपालले यसै वर्ष हुने साफ यु–१९ महिला च्याम्पियनसिप खेल्नेछ ।
साफ यु–१९ महिला च्याम्पिनयसिपमा आउँदो फेब्रुअरी २ देखि ८ तारीखसम्म बंगलादेशको राजधानी ढाकामा हुँदैछ । यसपटक प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोलीहरुले मात्र सहभागिता जनाउँदैछन् । आयोजक बंगलादेश प्रतियोगिताको साविक विजेता हो भने नेपाल उपविजेता समेत हो ।
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै