
बभनी । सन्जिवनी युवा क्लब, देवीनगर र तिलोत्तमा–११, तिलोत्तमा यहाँ जारी स्व. रन बहादुर भण्डारी स्मृति चौथो न्यु राईज कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार तिलोत्तमा–१३ स्थित श्री बभनी भूपू सैनिक आधारभुत विदालयको खेलमैदानमा भएको पहिलो खेलमा सन्जिवनीले बिजी ब्वाईजलाई शून्यका विरुद्ध १ गोलले हरायो । सन्जिवनीको जितमा अमर थापाले निर्णायक गोल गरे । निर्णायक गोलकर्ता थापा नै खेलको म्यान अफ द म्याच चुनिए ।
आइतबार नै सम्पन्न दोस्रो खेलमा तिलोत्तमा–११ ले रेहरा फुटबल क्लब, रेहरालाई ७–१ को फराकिलो अन्तरले हरायो । तिलोत्तमाका लागि मयन्क जुगजालीले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै अशोक सुनार र बल बहादुर मिधुनले थप एक–एक गोल गरे । अर्को एक गोल भने विपक्षी टोलीका रोहन पौडेलले आत्मघाती गोलका रुपमा गरेका थिए ।
त्यस्तै पराजित रेहराका लागि रोहित कहारले एक मात्र सान्त्वना गोल फर्काएका थिए । खेलमा ह्याट्रिकसहित चार गोल गरेका तिलोत्तमा मयन्क जुगजाली म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ १ गते सोमबार तीन खेलहरु हुने खेल संयोजक सुमित मल्लाहले जानकारी दिए ।
न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनीको आयोजना, चमेली भण्डारीको मुख्य प्रायोजन तथा भण्डारी ब्रदर्शको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्ने संयोजक मल्लाहले बताए । प्रतियोगिताको फाइनल खेल भने आउँदो माघ ६ गतेका दिन हुनेछ ।