News
दाङमा फुटबल खेलाडीको हत्या

दाङ । खुकुरी प्रहार गरि दाङको एक स्थानीय फुटबल खेलाडीको हत्या गरिएको खबर बाहिर आएको छ । अन्नपुर्ण पोष्टमा प्रकाशित खबरअनुसार तुलसीपुर–६ रजौरामा सोमबार बिहान २३ बर्षिय हिरा डाँगीको हत्या गरिएको हो ।
स्थानीय गाउँपालिकाको अध्यक्षका छोरा समेत रहेका डाँगीलाई सामान्य विवादपछि ४–५ जनाको युवाको समूहले खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएर छाडेका थिए ।
उनलाई उपचारका लागि नेपालगंज र त्यसपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । त्यसपछि उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । मृतक डाँगीमाथि के कति कारणले खुकुरी प्रहार गरिएको हो ? त्यसबारे प्रहरीले आवश्यक अनुसन्धान र घट्नामा संलग्नहरुको खोजी कार्य तिव्र पारिएको जनाएको छ ।
स्मरणीय छ, मृतक डाँगीले दाङ कै सक्सेस क्लबबाट फुटबल समेत खेल्ने गर्दथे ।
Post Comments