काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र इङल्याण्डको राष्ट्रिय सी फुटबल टोलीबीच हुने भनिएको मैत्रीपूर्ण फुटबल म्याच पनि कोरोना भाइरस (कोभिड–१९) कै सन्त्रासका कारण स्थगित गरिएको छ ।
गत जनवरीमा मात्र इङल्याण्ड एफएका प्रतिनिधीहरु नेपालमा आएर उक्त मैत्रीपूर्ण फुटबल म्याच तथा दुवै पक्षबीच फुटबल विकासमा सहकार्य गर्ने उद्देश्यका साथ एन्फासँग सम्झौता भएको थियो ।
साथै नेपाल र इङल्याण्ड दुवै देशले एक–एक मैत्रीपुर्ण फुटबल म्याच आयोजना गर्ने सहमति समेत भएको थियो । जसअन्तरगत आउँदो मई २५ तारीखका दिन नेपाल र इङल्याण्ड सी बीच एल्डरशट (युके) मा मैत्रीपूर्ण फुटबल म्याच हुने तय भईसकेको थियो । साथै आगामी बर्ष (सन् २०२१) दुई देशको टोलीबीच नेपालमा पनि मैत्रीपूर्ण फुटबल म्याच हुने बताइएको थियो ।
यद्यपि अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अर्को सूचना जारी नहुँदासम्म हालका लागि उक्त मैत्रीपूर्ण फुटबल म्याच स्थगित गरिएको बताएको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै