
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र इङल्याण्डको राष्ट्रिय सी फुटबल टोलीबीच हुने भनिएको मैत्रीपूर्ण फुटबल म्याच पनि कोरोना भाइरस (कोभिड–१९) कै सन्त्रासका कारण स्थगित गरिएको छ ।
गत जनवरीमा मात्र इङल्याण्ड एफएका प्रतिनिधीहरु नेपालमा आएर उक्त मैत्रीपूर्ण फुटबल म्याच तथा दुवै पक्षबीच फुटबल विकासमा सहकार्य गर्ने उद्देश्यका साथ एन्फासँग सम्झौता भएको थियो ।
साथै नेपाल र इङल्याण्ड दुवै देशले एक–एक मैत्रीपुर्ण फुटबल म्याच आयोजना गर्ने सहमति समेत भएको थियो । जसअन्तरगत आउँदो मई २५ तारीखका दिन नेपाल र इङल्याण्ड सी बीच एल्डरशट (युके) मा मैत्रीपूर्ण फुटबल म्याच हुने तय भईसकेको थियो । साथै आगामी बर्ष (सन् २०२१) दुई देशको टोलीबीच नेपालमा पनि मैत्रीपूर्ण फुटबल म्याच हुने बताइएको थियो ।
यद्यपि अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अर्को सूचना जारी नहुँदासम्म हालका लागि उक्त मैत्रीपूर्ण फुटबल म्याच स्थगित गरिएको बताएको छ ।