काठमाडौं । पूर्व खेलाडी तथा प्रशिक्षक चक्र तामाङले राष्ट्रिय यु–१६ महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । यो जिम्मेवारीसँगै आगामी मार्च १ तारीख (फागुन १८ गते) देखि च्यासल स्टेडियममा हुने साफ यु–१६ महिला च्याम्पियनसिपमा नेपाली टोलीको जिम्मेवारी पनि तामाङले नै सम्हाल्ने छन् ।
त्यस्तै चक्र तामाङको सहायकमा भगवती थापा र पासाङ तामाङलाई नियुक्त गरिएको छ । गोलकिपिङ प्रशिक्षकमा भने गंगाराम देउजालाई नियुक्त गरिएको छ । नियुक्त भएका सबै प्रशिक्षकहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले नियुक्तपत्र हस्तान्तरण गरे ।
स्मरण रहोस, यसपटक साफ यु–१६ महिला च्याम्पियनसिपमा आयोजक नेपालसहित, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउने छन् । सिंगल राउण्ड रोबिनका आधारमा हुने लिग चरणको खेल पश्चात् शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल १० मार्चका दिन हुनेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)