News
एन्फा र साथी फाउण्डेशनद्वारा खेलाडीहरुलाई खेल सामाग्री हस्तान्तरण
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र बालबालिकाहरुको क्षेत्रमा क्रियाशील संस्था साथी फाउण्डेशनको सहकार्यमा नेपाली राष्ट्रिय यु–१९ महिला फुटबल टोली र अपाङ्ग खेलाडीहरुलाई खेल सामाग्री हस्तान्तरण गरिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमको आयोजना खेलाडीहरुलाई उक्त खेल सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र साथी फाउण्डेशनकी सदस्य बन्दना राणाले खेलाडीहरुलाई खेल सामाग्री हस्तान्तरण गरे ।
सो अवसरमा एन्फा महासचिव किरन राई, उपम–हासचिव अरुणमान जोशी, कोषाध्यक्ष रबिन्द्र जोशी, कार्यसमिति सदस्यहरु सरिला श्रेष्ठ मलेकु, भरत थापा, महेन्द्र क्षेत्री, बिकास नारायण श्रेष्ठ, मणिराज बिष्ट लगायतको उपस्थिति रहेको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)