काठमाडौं । राष्ट्रिय टोलीका केही चर्चित खेलाडीहरुले यस सिजन घरेलु फुटबलमा मच्छिन्द्र फुटबल क्लबका लागि खेल्ने भएका छन् । यही माघ ९ गतेदेखि पोखरामा शुरु हुन गईरहेको २३औं आहा रारा पोखरा गोल्डकपलाई लक्षित गरी मच्छिन्द्रले आफ्नो फाइनल स्क्वाड घोषणा गरेको छ ।
जसमा राष्ट्रिय टोलीका चर्चित नामहरु बिमल घर्ती मगरसँगै सनिस श्रेष्ठ, आशिष चौधरी, मनिष डाँगी रहेका छन् । त्यसबाहेक देवेन्द्र तामाङ, सेसेहाङ आङदेम्बे, बिशाल श्रेष्ठ जस्ता परिचित खेलाडीहरुलाई पनि मच्छिन्द्रको फाइनल स्क्वाडमा छन् ।
स्मरण रहोस, मंगलबारदेखि पोखरामा रंगशालामा हुन गईरहेको २३औं आहा! रारा पोखरा गोल्डकप अन्तर्गत मच्छिन्द्रले माघ ११ गतेका दिन जावलाखेल युथ क्लबसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
मच्छिन्द्रको फाइनल स्क्वाडः
बिशाल श्रेष्ठ, प्रदिप भण्डारी, देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, आशिष चौधरी, दयानन्द सिंह, सेसेहाङ आङदेम्बे, करिम ओमोलजा, उत्सव राई, दिवाकर चौधरी, सौरभ लिम्बु, बिजय भुजेल, अभिषेक गुरुङ्ग, मनिष डाँगी, बिमल घर्ती मगर
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै