News
चौथो पाँचथर गोल्डकप हुने
फिदिम । पाँचथर क्लबको आयोजनामा आउँदो फागुन १२ देखि १९ गतेसम्म चौथो पाँचथर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकका अनुसार प्रतियोगिता चार वर्षपछि पूनः हुन लागेको हो । यसअघि अन्तिमपटक यो प्रतियोगिता वि.सं. २०७६ सालमा भएको थियो ।
आयोजकका अनुसार प्रतियोगितामा आयोजक टोलीसहित कुल ८ टोलीहरुले सहभागिता जनाउने छन् । टिम सहभागिताका लागि ए डिभिजन, सुपर लिग र केही मोफसलका चर्चित टोलीहरुसँग पनि प्रयास भईरहेको आयोजक क्लबका सचिव योगराज सेढाईले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले २ लाख २२ हजार प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश