News
प्रथम भि.एस. इन्टर स्कुल फुटसल शुक्रबारदेखि
काठमाडौं । विद्यालयस्तरबाटै विद्यार्थीहरुको खेलस्तर बृद्धि गर्न तथा स्वस्थ मनोरञ्जनका लागि विश्व शिक्षा सदन स्कुल, काठमाडौं–७, चावहिल, मैजुबहालको आयोजनामा यही माघ १२ र १३ गतेका दिन प्रथम भि.एस. इन्टर स्कुल सेभेन ए साईड फुटसल प्रतियोगिता हुँदैछ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भईसकेको आयोजकले जानकारी दियो । त्यस्तै प्रतियोगिताको विजेता, उपविजेता तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै