काठमाडौ । नेपाली महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारीले फ्रान्सको शिर्ष लिग खेल्ने चर्चा चुलिएको छ । साबित्रालाई फ्रान्सको शिर्ष महिला लिग डिभिजन वान फेमिनिन खेलिरहेको एन एवान्ट गुइनग्याम्पले अनुवन्ध गर्न लागेको खबर बाहिरिएको हो ।
लिगमा यस सिजन हाल गुइनग्याम्प १२ खेलको समाप्तिसम्म मात्र ८ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथी १०औं स्थानमा छ । क्लबले साबित्रालाई लिगको बाँकी सिजनका लागि अनुवन्ध गर्न लागेको बताइएको छ ।
स्मरण रहोस, नेपाली फुटबलकी 'गोलमेशिन'का रुपमा परिचित साबित्राले हालै इजरायलको हापोएल रानाना एएफसीबाट खेल्दै युरोपमा व्यवसायीक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी बनेकी थिईन ।
यसअघि भारत कै चर्चित महिला आई लिगमा गोकुलम केरलाका लागि खेल्दै च्याम्पियन बन्दै आफुलाई उत्कृष्ट साबित गरिसकेकी साबित्रा त्यहीँबाट युरोपियन क्लबहरुको नजरमा परेको अनुमान छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै