News
घले फेरि मानार्थ अध्यक्ष

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टासी घलेलाई फेरि मानार्थ अध्यक्षका रुपमा मनोनित गरेको छ । स्मरण रहोस, एन्फाको कार्यसमितिले घलेलाई गत जनवरीमा मानार्थ अध्यक्षबाट हटाएको थियो ।
घलेले आफूलाई कुनै सक्रिय भूमिका नदिएको भन्दै एन्फाको आलोचना गरेका थिए । त्यतिबेला घलेले एन्फाको निर्णयप्रति असन्तुष्टी प्रकट गर्दै अदालत समेत पुगेका थिए । अदालतले पनि घलेलाई तत्काल उक्त पदबाट नहटाउन आदेश दिएको थियो ।
मंगलबार बसेको एन्फाको आकस्मिक बैठकले भने घलेलाई फेरि मानार्थ अध्यक्षका रुपमा बाँकी दुई बर्षका लागि मनोनित गरेको छ । नेपाली फुटबलमा आफ्नो विशेष छाप छोडेका घले एन्फाको पूर्व महासचिव समेत हुन् ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै