योङ ब्वाईज कपः देवीस्थान र सुनवल एफसी क्वाटरफाइनलमा
गोलनेपाल

शिवपुर । देवीस्थान फुटबल क्लब र सुनवल फुटबल क्लब (ए) यहाँ जारी योङ ब्वाईज कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–११ स्थित शिवपुर माविको खेलमैदानमा भएको खेलमा देवीस्थानले नवजीवन क्लबलाई ३–० ले हराउँदै अन्तिम आठमा स्थान बनायो । त्यस्तै अर्को खेलमा सुनवलले युआरएफसीलाई ७–१ को अन्तरले हराउँदै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो ।

योङ ब्वाईज क्लब र शिवपुर फुटबल क्लब, तिलोत्तमा, रुपन्देहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल भने असार २३ गतेका दिन हुनेछ ।

 

Post Comments