
पोखरा । पर्यटकीयशहर पोखराको टुडिखेल खेलमैदानमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक ६० वर्ष माथि आयोजक बगर च्याम्पियन बनेको छ ।
शुक्रबार सम्पन्न ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–० गोलअन्तरले हराउँदै आयोजक बगर भाइखलक च्याम्पियन बनेको हो । बगरको जितमा ७० वर्षिय पुर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जित र ६२ वर्षिय युद्ध गुरुङले गोल गरे ।
उपाधिसँगै बगरले नगद ५० हजार रुपैयाँ प्राप्त ग¥यो । भारतको टिमले ३० हजार रुपैयाँ प्राप्त ग¥यो । खेलको म्यान अफ दी म्याच भारती टिमका ७३ वर्षिय खेलाडी तथा क्याप्टेन लोकमणि भट्ट घोषित भए । ६० वर्षमाथिको खेलमा चार टिमको सहभागिता रहेको थियो ।
बगर भाइखलकले यस अघिका संस्करणमा ४० वर्षमाथि उमेर समुहको मात्र प्रतियोगिता गराएपनि हाल तीन विधामा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ४० वर्षमाथि उमेर समूह, ५० वर्षमाथि उमेर समूह र ६० वर्ष माथि उमेर समूहको प्रतिस्पर्धा गराएको हो ।
सनिबार ४० र ५० वर्षमाथि उमेर समूहको फाइनल खेल हुँदैछ । ५० वर्षमाथि आयोजक बगर भाइ खलक र संगम भेट्रान उपाधिका लागि भिड्ने छन् भने, ४० वर्षमाथि नागस्वेती भेट्रान हेटौंडा र जोरपाटी भेट्रान काठमाडौं भिड्नेछन् ।
प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हिमालयन ब्रुअरी प्रा.लिको मुख्या प्रायोजन रहेको प्रतियोगिताको सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके र ग्रीन डेभलपमेन्ट बैंक रहेको छ । प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड