
बागमती । मंगलबारदेखि शुरु भएको छैठौं बागमती गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब, काठमाडौंले उत्कृष्ट शुरुवात गरेको छ । उद्घाटन खेलमा मच्छिन्द्रले राईट लेन एजुकेशन बागमती युवा क्लब, सर्लाहीलाई ५–२ ले हराउँदै उत्कृष्ट शुरुवात गरेको हो ।
जनता माविको खेलमैदानमा भएको उद्घाटन खेलमा मच्छिन्द्रका लागि हिसुब थपलिया, अभिषेक गुरुङ, छिजोबा, सौरभ लिम्बु र बिमल घर्ती मगरले गोल गरे । पराजित बागमतीका लागि भने सुजन गुरुङ र सिर्जन गौतमले गोल फर्काएका थिए ।
खेलमा मच्छिन्द्रका बिमल घर्ती मगर म्यान अफ द म्याच घोषित भए । यो जितसँगै मच्छिन्द्र क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन २ गते बुधबारको खेल हिमालयन शेर्पा क्लब, काठमाडौं र बागमती खेलकुद विकास समिति, मकवानपुरबीच हुने आयोजकले जानकारी दियो ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन १० गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा