
बागमती । मच्छिन्द्र फुटबल क्लब यहाँ जारी छैठौं बागमती गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । शनिबार भएको तेस्रो क्वाटरफाइनलतर्फ मच्छिन्द्रले जावलाखेल युथ क्लबलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
जनता माविको खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने मच्छिन्द्रले जावलाखेलमाथि ३–१ को जित निकाल्दै सेमिफाइनल स्थान सुरक्षित गर्न सफल भयो ।
खेलमा मच्छिन्द्रका गोलरक्षक प्रदिप भण्डारी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन ६ गते आइतबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल बागमती गाउँपालिका खेलकुद विकास समिति र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा