News
फुटबल संघ र क्लबहरुलाई एन्फाको राहत रकम
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका जिल्ला फुटबल संघ र क्लबहरुलाई राहत रकम वापत कुल १८ लाख ७५ हजार रकम छुट्याएको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण असहज परिस्थितिसँग जुधिरहेको नेपाली फुटबल पनि अहिले ठप्प प्रायः छ । एन्फाका अनुसार प्रत्येक जिल्ला फुटबल संघ र क्लबहरुले उपलब्ध गराएको मुल्यांकनका आधारमा फुटबल संघ र १२ क्लबहरुलाई जनही ७५–७५ हजार राहत वापत उपलब्ध गराइएको छ ।
साथै एन्फाले राहत लिन छुटेका अन्य फुटबल संघ र क्लबहरुलाई पनि आ–आफ्नो मुल्यांकन पत्र एन्फामो बुझाई राहत रकम लिन आग्रह समेत गरेको छ ।
स्मरण रहोस, उक्त राहत रकम विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफू मातहतका सदस्य राष्ट्रहरुलाई कोभिड–१९ का कारण आवश्यक आर्थिक समस्या झेल्न नपरोस भनेर उपलब्ध गराएको हो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै