News
बिकास खवासको पनि बिदेश नै नयाँ गन्तव्य
काठमाडौं । सागका स्वर्ण पदकधारी तथा राष्ट्रिय फुटबल टोलीका युवा डिफेन्डर बिकास खवास पनि बिदेशिएका छन् । बिकासले पनि अन्य राष्ट्रिय खेलाडीहरु सरह अष्ट्रेलियालाई नै आफ्नो गन्तव्य रोजेका छन् ।
पछिल्लो समय चोटका कारण मैदान बाहिर रहेका बिकासले सक्रिय फुटबलमा फेरि फर्कने सम्भावना थियो । युथ लेभलबाटै त्रिभुवन आर्मी फुटबल क्लबका लागि खेलेका विकासले सिरिनय लेभलमा पनि आर्मीका लागि खेले । त्यस्तै नेपाल सुपर लिगको पहिलो संस्करण एफसी चितवनका लागि पनि खेले ।
दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका बिकासले सन् २०२० को नोभेम्बरमा बंगलादेश विरुद्ध खेल्दै नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । राष्ट्रिय टोलीका आशालाग्दा र भपरपर्दा डिफेन्डरका रुपमा हेरिएका बिकासले पनि अन्तिम विकल्प अष्ट्रेलिया रोजेका छन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै